bardiyahospital

नगरपालिका तोडफोड गर्ने दुईजना थुनामा, छ जनासँग धरौटी माग

Geruwa GIF

 कृष्णसार अनलाइन । जेनजी आन्दोलनमा गुलरिया नगरपालिका तोडफोड तथा आगजनी गरेको आरोपमा  पक्राउ परेका दुई जना आरोपितलाई बर्दिया जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । 

 जेनजी आन्दोलनमा भदौ २४ पालिका तोडफोड तथा आगजनी गरेको आरोपमा पक्राउ परेका गुलरिया नगरपालिका, ४ का २२ वर्षीय रौनक गुप्ता र गुलरिया नगरपालिका, ७ का २४ वर्षीय असरद पठानलाई पुर्पक्षका लागि न्यायाधीश मनोज श्रेष्ठको मंसिर २१ गतेको इजलासले  पुर्पक्षका लागि थुनामा  पठाउने आदेश भएको बर्दिया जिल्ला अदालतका श्रेस्तेदार कमल घलेले जानकारी दिनुभयो । 

cld

त्यसैगरी अदालतका न्यायधिश श्रेष्ठको इजलासले गुलरिया नगरपालिका ८, का ३५ वर्षीय सञ्जन बेहनासँग ५० हजार धरौटी, गुलरिया नगरपालिका, ६ का २६ वर्षीय इरफान मनियारसँग एक लाख ५० हजार धरौटी, गुलरिया नगरपालिका, ६ का ४२ वर्षीय सलिम गद्दीसँग ६० हजार धरौटीमा माग गरेको छ । भने गुलरिया नगरपालिका, ६ का ३१ वर्षीय नदिम शेष मन्सुर र मोहम्मद जैद शेषसँग ५० हजार धरौटी र गुलरिया नगरपालिका, ६ का २२ वर्षीय राज कुरैसीलाई एक लाख ५० हजार धरौटी माग गर्ने आदेश भएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय बर्दियाले मंसिर १६ गते बर्दिया जिल्ला अदालतमा आपराधिक प्रवेश तथा आपराधिक उपद्रवको अभियोगमा मुद्दा दर्ता गरको छ । आपराधिक प्रवेश तथा आपराधिक उपद्रवका १४ जना आरोपितहरू फरार रहेका छन् । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.