bardiyahospital

राधाकृष्ण थारू जनसेवा केन्द्रको साधारण सभा राधाकृष्णको चर्चा 

Geruwa GIF

कृष्णसार अनलाइन ।  ३७ औँ राधाकृष्ण थारू स्मृति दिवस तथा राधाकृष्ण थारू जनसेवा केन्द्रको वार्षिक साधारण सभामा राधाकृष्ण थारूको योगदानको चर्चा गरिएको छ । बुधबार गुलरियामा गरिएको ३७ औँ राधाकृष्ण थारू स्मृति दिवस तथा राधाकृष्ण थारू जनसेवा केन्द्रको वार्षिक साधारण सभामा राधाकृष्ण थारूले भूमिहीन थारूका लागि गर्नु भएको योगदान र कामका चर्चा गरिएको हो ।

वि.सं. १९६७ मा जन्मनु भएका राधाकृष्ण थारू भूमिहीन किसान सुकुम्बासीका अगुवा र नेता हुनुहुन्थ्यो । उहाँले २०१५ सालमा बर्दियाबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसबाट सांसद हुनुभएको थियो । राधाकृष्ण थारूले भूमिहीनहरूलाई अधिकार दिलाउन योगदान थियो । राधाकृष्णलाई बीपी कोइरालाले मन्त्री बन्न प्रस्ताव गर्दा अस्वीकार गरेको राधाकृष्ण थारू जनसेवा केन्द्र अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभयो । 

cld

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष श्रेष्ठले २००१ सालमा सभा सम्मेलन गर्न नपाइने हुँदा थारूले मैनापोखरमा थारू समुदाय भक्तहरूको भेलाबाट भूमिहीनका लागि आन्दोलनको सुरूवात गर्दै वि.सं. २००३ सालमा भूमिहीनको  सही छाप गराएर नाममा जग्गा पाउनु पर्छ काठमाडौँ गएर श्री ३ पद्मशमशेर कहाँ बिन्तिपत्र चढाएको इतिहास रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो , ‘ राधाकृष्णले बिन्तिपत्र चढाएपछि कांग्रेस भएको भन्दै पक्राउ गरियो । पछि उहाँले श्री ३ समक्ष बिन्ती चढाए– हामी व्यवस्था विरोधी होइनौँ। थारू रैतीहरूको वारेस भई नाममा जग्गा जमिन हुनुपर्‍यो भनेर बिन्ती चढाउन आएका हौं। भनेपछि राधाकृष्णलाई छोडियो । वि.सं. २००४ सालमा बर्दियामा दौडाहा टोली आइपुग्यो। टोलीले १३ हजार विगाहा जग्गा भूमिहीन रैतीहरूको नाममा गरिदियो। तर उनीहरूले सो जग्गा एक वर्ष पनि राम्ररी उपभोग गर्न पाएनन्। राधाकृष्ण थारूले पुनः आन्दोलन उठाउनु भयो ।पछि अधिकार सम्पन्न आयोग बर्दियामा पठाइयो, जसले २५ हजार बिगाहा जग्गा भूमिहीनहरूको नाममा गरिदियो ।’

कार्यक्रममा बोल्दै मदन ज्ञवालीले राधाकृष्ण थारूले बर्दियामा गरेको कामको स्मरण गर्दै संस्थाले गरेको कामको प्रशंसा गर्नुभयो । र अझै पनि समाजमा रहेका गलत अभ्यासलाई परिवर्तन गर्नु आवश्यक रहेको बताउनु भयो ।

‘ अझैपनि सम्पन्न परिवारमा मानव अधिकार उलङ्घनका घटना बाहिर आउन सकेको छैन ।’ उहाँले भन्नुभयो, ‘आर्थिक रूपमा सम्पन्न सम्भ्रान्त परिवारका महिलाले इज्जत जान्ने डरले मानव अधिकार उलङ्घनका घटना बाहिर आउन सकेको छैनन् । अझै पनि मानव अधिकार हननका घटना घटिरहेको छ ।’

मानव अधिकार मानिसको नैसर्गिक अधिकार भएको हुँदा यसलाई कार्यान्वयन गर्न राज्य र अन्य निकाय लाग्नु पर्नेमा ज्ञवालीले जोड दिनुभयो । राधाकृष्ण थारूको नामबाट स्थापना भएको संस्थाले सामाजिक न्याय, मानव अधिकार, गुणस्तरीय शिक्षा, सामुदायिक स्वास्थ्य, प्राकृतिक प्रकोप, जिविकोपार्जन आयआर्जन लगायतको क्षेत्रमा काम गर्दै आएको छ । थारूको  मृत्यु २०४५ साल मंसिर २५ गते भएको  थियो । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.