
कृष्णसार अनलाइन । एमालेको ११ औँ महाधिवेशनको पूर्व सन्ध्यामा नेपाल निजामती कर्मचारी संगठनले राजनीतिक अधिकार र पेशागत अधिकारको विषयमा छलफल गरिएको छ । महाधिवेशनका पूर्व सन्ध्यामा नेकपा एमालेको पेशागत ट्रेड युनियन नेपाल निजामती कर्मचारी संगठनको आयोजनामा राजनीतिक अधिकार र पेशागत अधिकारको विषयमा छलफल गरिएको हो ।
छलफल कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य रामेश्वर फुँयालले जनताको बहुदलीय जनवाद र पार्टीको महाधिवेशनमा बारेका चर्चा गर्नु भएको थियो ।

पेशागत मंहासंघका अध्यक्ष पुण्यप्रसाद ढकालले पार्टीको महाधिवेशनको तयारी र महाधिवेशनमा निजामती ट्रेड युनियनले निर्वाह गर्नुपर्ने भूमिको बारेमा धारणा राख्नुभयो । ढकालले भन्नुभयो, ‘ पार्टीको महाधिवेशनमा पेशागत मंहासंघको ब्यानरमा २६ घटक संगठन सहभागिता हुनेछ । निजामती कर्मचारी प्रशासनले डराउनुपर्ने कुनै जरुरी नभएको र आईएलओका अवधारणा अनुरूप गठन भएको संस्था भएकाले निर्भीकतामा साथ पेशागत महासङ्घको ब्यानर हामी सबै सबै सार्वजनिक प्रशासनमा रहने गरिएको छ ।’
नेपाल निजामती कर्मचारी संगठनअध्यक्ष भवानी न्यौपाने दाहालले सरकारले संघीय निजामती ऐन अध्यादेश मार्फत आउँन खोजेपछि हामीले राष्ट्रपतिलाई जानकारी गराएको छौँ । हामीले हाम्रो निजामती कर्मचारीका वृद्धि विकासमा केही समस्या भएकाले महालेखा परीक्षक कार्यालयमा ध्यानाकर्षण गरेका छाैँ ।हामी हाम्रा हक अधिकारमा लागिरहने छाैँ ।


