bardiyahospital

थारू समुदायका महिलालाई हस्तकला सामाग्री निर्माण तालि

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा थारू समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएका चटाई, पट्की, गोरी ढकिया र गुन्द्रीलगायतका हस्तकला सामग्री निर्माणका लागि थारू समुदायका महिलाहरूलाई सातदिने तालिम दिइएको छ । मधुवन नगरपालिका– १, डल्लामा थारू समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएका चटाई, पट्की, गोरी ढकिया र गुन्द्रीलगायत हस्तकला सामग्री निर्माणका लागि  थारू समुदायका महिलालाई सातदिने तालिम दिइएको हो ।

 

cld

गत आइतबारबाट सुरु भएको हस्तकला सामग्री तालिममा  डाइनिङ टेबलमा राख्ने थाल चकटी, रोटी राख्ने हटकेस, कलमदानी, ढकिया, फूलदानी,   फुट बास्केट  सामग्री राख्ने सामग्री बनाउन  सिकाएको तालिमको प्रशिक्षक रामकुमारी चौधरीले बताउनु भयो ।

उहाँले भन्नुभयो , ‘थारू महिलाले घरायसी प्रयोजनका लागि पहिलादेखि नै  खेतबारी,  सामुदायिक वन, नदीतटीय क्षेत्रमा पाइने काँस र खरबाट  थाल चकटी, रोटी राख्ने हटकेस, कलमदानी, ढकिया, फूलदानी बनाउँदै आएका थिए । तर, पछिल्लो समयमा यस्ता सामग्री बनाउन छाडेका थिए । अब थारू समुदाय बनाउँदै आएको  हस्तकला सामग्री माग बढ्दै गएको छ ।त्यही भएर परम्परागत सिप र ज्ञानलाई पुस्तान्तरण गरी व्यावसायिक रूपमा उद्यमी बनाउन पनि तालिम महत्त्वपूर्ण रहको छ । हस्तकलाको सामग्री बनाउन  छेडना, कैँची , फिता  काँच, खर भए पुग्छ।’

आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रका कार्यक्रम संयोजक विश्वास चेपाङले वनसँगको निर्भरता घटाउने, आदिवासीहरूको परम्परागत ज्ञान तथा सीपको संरक्षण र प्रवर्द्धन गर्ने र महिलाको आयआर्जन गरी आत्मनिर्भर बनाउन पनि तालिमको आयोजना गरिएको बताउनु भयो । उहाँले आदिवासी जनजातिसँग पहिलादेखि परम्परागत रूपमा कुनै न कुनै ज्ञान र सिप छ । त्यसलाई व्यावसायिक रूपमा गरी स्वरोजगार हुनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय स्तरमा खेर गइरहेको कच्चा पदार्थको प्रयोग गरेर निर्माण गरिएको हस्तकलाको सामग्री बिक्री–वितरण तथा बजारीकरण गर्नका पालिकाले सहयोग गर्ने मधुवन नगरपालिका नगरप्रमुख तेजबहादुर भाटले बताउनु भयो । उहाँले भन्नुभयो , ‘तालिममा सहभागी भएर सिकेको ज्ञान तथा सिपलाई फुर्सदको समयमा हस्तकला सामग्री बनाउनुहोस् । त्यसका लागि पालिका के  सहयोग गर्नुपर्छ भन्नुहोस् पालिका सहयोग गर्न  तयार छ ।’

आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र बर्दियाकी फिल्ड अफिसर रमिला चौधरीले मधुवन नगरपालिका– १, डल्लाका २६ जना महिलालाई गोरी ढकिया तालिम दिइएको र  ठाकुरबाबा नगरपालिका– ९ का  २५ जना महिलालाई  चटाई, पट्की र गुन्द्री बनाउने तालिम दिइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो , ‘महिला दिदीबहिनीले बनाएको हस्तकला सामग्री दिदीबहिनीको समूह बनाएर बिक्री–वितरण गर्ने तयारी गरेका छौँ ।’ यसरी स्थानीय स्तरमा पाइने खर र काँसको प्रयोग गरेर निर्माण गरिएको हस्तकला सामग्रीले  आयआर्जनमा टेवा  पुग्नेछ  ।

आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र आयोजना तथा मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिका सहकार्यमा तालिम भएको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.