bardiyahospital

प्राङ्गारिक मल उद्योग निर्माणको काम अन्तिम चरणमा, बैशाखबाट मल उत्पादन थाल्ने तयारी 

Geruwa GIF

कृृष्णसार अनलाइन । बर्दियाको बाँसगढी नगरपालिकामा बन्न लागेको प्राङ्गारिक मल उत्पादन गर्ने उद्योगको काम अन्तिम चरणमा रहेको छ । चार  करोड रुपैयाँको लगानीमा बाँसगढी नगरपालिका,  ४ मदाहामा बन्न लागेको प्राङ्गारिक मल उत्पादन गर्ने उद्योगको काम अन्तिम चरणमा रहेको हो ।

बर्दियामा पहिलो पटक लुम्बिनी प्रदेश सरकारको १ करोड र बाँसगढी नगरपालिकाको ३ करोडमा गरि चार करोडको लगानी प्राङ्गारिक मलको उत्पादन गर्ने उद्योग खुल्न लागेको हो । प्राङ्गारिक मलको उत्पादन गर्ने उद्योग सञ्चालनमा आएपछि ३०/४० जनाले रोजगारी पाउने नगर प्रमुख खड्क बहादुर खड्काले  बताए । उनले भने,‘ कारखाना सञ्चालनमा आएपछि एकतिर रोजगारी अवसर सृजना हुन्छ, भने अर्कोतिर प्रत्येक वर्ष मलको अभाव भोग्दै आएको किसानलाई प्राङ्गारिक मल उपलब्ध गराउन सकिन्छ। यसले थोरै भएपनि किसानलाई सहयोग हुन्छ ।भने गाउँघरमा खेर गइरहेको घाँसपात कुहिने फोहरमैला स्थानीयले बेच्न सक्छन्, त्यसबाट आम्दानी पनि हुन्छ ।’ 

cld

कारखाना सञ्चालन भएपछि फोहोर व्यवस्थापन हुने र रासायनिक मलको अभावमा कम  गर्न पनि सकिने हुँदा प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग किसानको लागि फाइदाजनक हुने  नगरप्रमुख खड्काले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, ‘मल बनाउन घाँसपात, स्याउला, गोबर, गाईभैँसीको पिसाब लगायत अन्य  सामाग्रीको आवश्यकता पर्छ । जुन स्थानीय स्तरबाट सजिलै प्राप्त हुन्छ।’

बाँसगढी नगरपालिकाका इन्जिनियर बलराम पौडेलले प्राङ्गारिक मल उत्पादन गर्ने कारखाना निर्माणको काम तीन करोड ९८ लाख ४१ हजार तीन सय ९६ रुपैयाँमा जगन्नाथ र रेग्मी जेभिले प्राप्त गरेको दिनुभयो । उहाँले भन्नुभयो, कारखाना निर्माणको काम अन्तिम चरणमा छ । निर्माण कम्पनीले सम्झौता अनुसार ०८२ फागुन मसान्तसम्म काम सक्नुपर्छ । काम गति हेर्दा फागुनसम्म निर्माणको काम सकेर २०८३ बैशाखबाट कारखाना सञ्चालन गर्ने गरि काम  गरिरहेका छौँ ।’

पालिकाले प्राङ्गारिक मल उत्पादन गर्ने कारखाना,  गौशाला , उन्नत जातको गाईको उत्पादन गर्ने उद्देश्यले  मदाहामा १० बिगाहा क्षेत्रफल छुटाइएको छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.