bardiyahospital

माइती नेपालको आयोजनामा सचेतना मूलक कार्यक्रम 

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियाको बढैयाताल गाउँपालिका, ६ मैनापोखरमा रहेको शारदा माध्यामिक विद्यालयमा सचेतना मूलक कार्यक्रम गरिएको छ । माइती नेपालको आयोजना शारदा माध्यामिक विद्यालयमा सचेतना मूलक कार्यक्रम गरिएको हो । 

शुक्रबार सामाजिक सञ्जालबाट बढ्दै गएको बाल यौन दुरुपयोगका घटना न्यूनीकरण गर्नका लागि माइती नेपालले अनलाइन यौन दुर्व्यवहार विरुद्ध बाल संरक्षण एवम् यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका सम्बन्धमा विद्यार्थीहरूको लागि जनचेतना मूलक कार्यक्रम हो । कार्यक्रम विद्यालयका २५ जना विद्यार्थीको सहभागिता रहेको थियो । 

cld

कार्यक्रम बोल्दै प्राधानाध्यापक रबिन्द्र नाथ लम्सालले माइती नेपालले यसरी सचेतना मूलक कार्यक्रम गरेर विद्यार्थीलाई सचेत बनाउने काम गरेको बताउनु भयो । 

‘ हाम्रो विद्यालयमा आएर यसरी कार्यक्रम गर्दा अनलाइन यौन दुर्व्यवहार विरुद्ध बाल संरक्षण एवम् यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका बारेमा थप कुरा जान्न पाए । यसको लागि विद्यालयको तर्फबाट माइती नेपाल धन्यवाद दिन चाहान्छु ।”उहाँले भन्नुभयो, ‘ बिद्यार्थीहरुलाइ पाठ्यपुस्तक ज्ञानको मात्र पुग्दैन, समाजमा अनेक प्रकारका घटना घटी रहेको छन् । यस्तो कार्यक्रमले समाजमा घट्ने गरेको घटना न्यूनीकरण गर्न मदत गर्छ । त्यहीँ भएर यस्ता कार्यक्रम गर्न आवश्यक छ ।’

विद्यालयकी छात्रा अरूणिमा थारूले माइतीले विद्यार्थीलाई राखेर अनलाइन माध्यम हुने अनेक खालको घटनाहरू कसरी सचेत रहने भन्ने बारेमा जान्ने अवसर पाएको बताउनु भयो ।उहाँले भन्नुभयो, ‘ समाजमा कसरी अपराध हुन्छ, त्यसमा बालबालिका कसरी प्रभावित हुन्छन् भन्ने बारेमा माइती नेपाल दिएको शिक्षाबाट जान्ने अबसर प्राप्त गरे । आफूले जानेको बारेमा अरूलाई समेत बताउने छु । यस्तो राम्रो कार्यक्रम सहभागी हुने अवसर दिएकोमा माइती नेपाललाई धन्यवाद व्यक्त समेत गर्छु ।’

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.