bardiyahospital

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पाँच वर्षमा १४ पाटेबाघको मृत्यु

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा  १४ वटा पाटेबाघको मृत्यु भएको पाइएको छ। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ५ वर्षमा १४ वटा पाटेबाघको मृत्यु भएको पाइएको छ।  

सन् २०२२ मा गरिएको पाटेबाघ गणना अनुसार  बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय  १५ वटा बाघ रहेको छ । पाटेबाघको लागि आवश्यक पर्ने उपयुक्त बासस्थान, आहारा र पानीको उचित  व्यवस्थापन भएको हुँदा निकुञ्जभित्र बाघको सङ्ख्या राम्रै देखिन्छ।

cld

उपयुक्त बासस्थान हुँदाहुँदै पनि निकुञ्जभित्र आर्थिक वर्षमा २०८१/०८२ मा ७ वटा बाघ, आर्थिक वर्षमा २०८०/०८१ मा २ वटा बाघ  आर्थिक वर्षमा २०७९ /०८०  मा १  बाघ र आर्थिक वर्षमा २०७८/०७९ मा बाघको मृत्यु भएको थिएन् भने आर्थिक वर्षमा २०७७/०७८ मा चारवटा बाघको मृत्यु भएको निकुञ्ज तथ्याङ्क रहेको छ ।

 निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत सरोजमणी पौडेलले प्राकृतिक रूपमा भाले बाघले आफ्नो क्षेत्र निर्धारण गरेर बस्ने र कहिलेकाहीँ दुईवटा भाले बाघको भेट हुँदा एक आपसमा जुधेर मर्ने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘गत आर्थिक वर्षमा दुईवटा भाले पाटेबाघ जुधेर मरेको थिए । भने त्यस बाहेक उमेर पुगेर, र भाले बाघले अरूको बच्चा  देखेमा मारिदिने गर्छ ।’ 

नेपालले  बाघको संरक्षणमा गरेको योगदान विश्वभरको लागि समेत सिकाइ  हो । निकुञ्ज घुम्न आउने मध्ये अधिकांशको रोजाइ बाघ हेर्ने हो । यस पटक  भएको बाघ गणना बाघको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.