bardiyahospital

अदालतमा धरौटी र जरिवाना बुझाउन नसक्दा १६ जना कारागारमै

Geruwa GIF

कृष्णसार अनलाइन । अदालतमा धरौटी र जरिवाना बुझाउन नसक्दा बर्दियाको गुलरियास्थित जिल्ला कारागारमा १६ जनाले बन्दी जीवन बिताइरहेका छन्। धरौटी बुझाउन नसकेर सातजना र जरिवाना बुझाउन नसकेर नौजना कारागारमा बस्न बाध्य भएका छन् ।

विभिन्न मुद्दामा कैद सजाय पूरा गरेर अदालतमा जरिवाना नबुझाएर सातजना कारागारमा छन् । त्यसैगरी, अदालतमा विभिन्न मुद्दा चलिरहेका, तर बाहिर बसेर मुद्दा लड्न पाउने नौजना प्रतिवादीसमेत धरौटी बुझाउन नसकेर कारागारमा रहेको जिल्ला कारागारका प्रमुख मानबहादुर सारूले बताउनु भयो  ।

cld

उहाँले भन्नुभयो,  ‘अदालतमा जरिवाना बुझाउनुपर्नेमा न्यूनतम तीन हजार र अधिकतम ८८ लाख दुई हजार ६१५ रुपैयाँ छ। एक महिला २६ लाख ५८ हजार ५ सय रुपैयाँ जरिवाना तिर्न नसकेर कारागारमा छिन्।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.