bardiyahospital

बर्दियामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना 

Geruwa GIF

कृष्णसार अनलाइन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बर्दियाको गुलरियामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

 दुईवटा निर्वाचन क्षेत्र रहेको बर्दियामा प्रतिनिधि सभा क्षेत्र १ को लागि गुलरिया नगरपालिकामा रहेको जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना स्थापना भएको छ। भने प्रतिनिधि सभा क्षेत्र नं २ काे लागि राजापुर नगरपालिका रहेको राजापुर भन्सार कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय रहने सहायक निर्वाचन अधिकृत कमल घलेले जानकारी दिनुभयो । 

cld

मुख्य निर्वाचन अधिकृत बर्दिया जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठले आजबाट औपचारिक रूपमा निर्वाचन कार्यालय स्थापना भएको बताउनु भयो । उहाँले भन्नुभयो ” राजनीतिक दल पत्रकार लगायत सरोकारवाला निकाय निरन्तर रूपमा समन्वय गरिरहेको छौ। अब मतदान केन्द्र मतदाता स्थलको निरीक्षक समेत जाने तयारी छौ । भने निर्वाचनलाई भयरहित शान्तिपूर्ण गराउन लाग्ने छौ ।” 

प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले निर्वाचनका गतिविधि र सुरक्षाका गतिविधि अगाडि बढाइरहेको बताउनु भयो ।उहाँले भन्नुभयो, ” सुरक्षा संवेदनशील ठाउँहरूलाई निगरानी र उच्च सतर्कतामा राखेका छौ । निर्वाचनमा सुरक्षा गर्नलाई संयुक्त सुरक्षा अभ्यास पनि गरिरहेका छौ।” 

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै दलका नेताहरू कार्यकर्ता तथा मतदातासँग भेटघाटमा व्यस्त देखिन थालेको छन् । गाउँ बिसिएका र जनताको पीडा बिसिएका नेताहरू अहिले गाउँमा आउने थालेको स्थानीयहरूको गुनासो रहेको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.