bardiyahospital

मानवता भेटिन्छ यार कात्तिलभित्र कसैलाई नभन्नु

गजल 

Geruwa GIF

_प्रकाश पौडेल

छरपस्ट छन् यादहरू यो दिलभित्र कसैलाई नभन्नु । 

cld

जे देखिन्छ त्यो हुँदैहुँदैन रिलभित्र कसैलाई नभन्नु ।।

 

 सत्य बोलेपछि व्यापार व्यवसाय पनि ठप्प हुनसक्छ

 गहुँमा भएको धुन पिसिन्छ मिलभित्र कसैलाई नभन्नु ।।

 

 सबथोक लुटेको छ यो शहरले पागल दिवानाको 

दुःखको सागर छ त्यो प्रेमिलभित्र कसैलाई नभन्न ।। 

 

प्रेमिकाले छोडेको प्रेमीले मधुशालामा यस्तो भन्यो 

मानवता भेटिन्छ यार कात्तिलभित्र कसैलाई नभन्नु ।। 

 

यो मौनताको अर्थ समयले एकदिन अवश्य खोज्नेछ 

समय हराएको थियो मुस्किलभित्र कसैलाई नभन्नु ।।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.