
प्रकाश पौडेल, गुलरिया । बर्दियामा प्रहरीले १० लाख बराबरको तर्बुजाको बिउ फेला पारेको छ । बढैयाताल गाउँपालिका, २ फुटाहबाट प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको तर्बुजाको बिउ बरामद गरेको हो ।
सोमबार बिहान ६ बजे इलाका प्रहरी कार्यालय मैनापोखर तथा मातहत प्रहरी चौकी जमुनी र सशस्त्र प्रहरी बल नं. ३१ गणबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा फुटाह स्थित सडकको छेउमा लुकाइछिपाइ राखिएको तर्बुजाको बिउ फेला परेको जिल्ला प्रहरीले बर्दियाका प्रहरी निरीक्षक एवम् निमित्त सूचना अधिकारी बिरेन्द्र बहादुर बोहराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रहरीले ५० बोरा तर्बुजाको बिउ बरामद गरिएको छ। बिउको अनुमानित बजार मूल्य करिब १० लाख रुपैयाँ रहेको छ। बरामद गरिएको बिउ छोटी भन्सार र कार्यालयमा बुझाइएको छ ।’


