bardiyahospital

सामुदायिक वनका पदाधिकारीलाई क्षमता विकास तालिम

Geruwa GIF

कृष्णसार अनलाइन ।  बर्दियाको गुलरियामा रहेको सामुदायिक वनका पदाधिकारी तथा सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने दिइएको तालिमको समापन भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, गुलरिया नगर महासंघको आयोजनामा भएको सामुदायिक वनका पदाधिकारी तथा सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने दिइएको तालिमको समापन भएको हो ।

 तालिममा असोज २६ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको थियो । गुलरिया नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममा नगरपालिकाभित्रका ४५ वटा सामुदायिक वन, निजी वन तथा नगर महासंघका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो।

cld

गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले तालिमले सामुदायिक वनका पदाधिकारी तथा सदस्यहरूको क्षमता विकासमा सहयोग पुग्ने बताउनु भयो। सामुदायिक वन संरक्षणमा समुदायको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले नयाँ र पुरानो पुस्ता मिलेर वन संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभयो।

गुलरिया नगरपालिका, ६ का वडाध्यक्ष सुधांशु प्रकाश शर्माले विगतमा उजाड रहेको जग्गामा सामुदायिक वनका उपभोक्ताले वृक्षरोपण गरेकाले अहिले गुलरिया आसपासका क्षेत्रमा हरियाली बढेको बताउनु भयो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष महम्मद कर खाँले समुदायले वन संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनु भयो । ‘ समुदायलाई वन संरक्षणको जिम्मेवारी नदिइएको भए नेपालको वन क्षेत्र अहिलेको अवस्थामा सक्ने थिएन, ’ उहाँले भन्नुभयो, ‘वन संरक्षणको जिम्मा समुदायलाई नदिएको भए अहिलेसम्म नेपालको वन इतिहासका पानामा मात्र सीमित हुने थियो। अहिले सामुदायिक वन विश्वमै उत्कृष्ट बनेको छ ।’  वन संरक्षणमा योगदान पुर्‍याएका उपभोक्ताले आफ्नै वनको काठ प्रयोग गर्नसमेत सरकारलाई ठूलो रकम कर तिर्नुपर्ने अवस्था रहेको बताए । उहाँले भन्नुभयो, ‘वन संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेका उपभोक्ता नै पीडित बन्ने अवस्था अन्त्य हुनुपर्छ । बर्दियामा सामुदायिक वनका कारण कम्तीमा तीन हजार जनाले रोजगारी पाएको छन् ।

कार्यक्रममा फेकोफन तानसेन नगर महासंघकी अध्यक्ष भवानी गौतमले सामुदायिक वनको संरक्षणमा सामुदायिक धेरै नै राम्रो काम गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ सामुदायिक वनहरु गरको कामको अनुभव आदानप्रदान गर्न र समुदाय वनले गरेको असल अभ्यास सिक्न पनि यस्ता कार्यक्रम प्रभावकारी हुने गरेको छ ।’ सामुदायिक वनका पदाधिकारीहरूको क्षमता विकास भएमा वनको व्यवस्थापन प्रभावकारी हुने उहाँले धारणा व्यक्त गर्नुभयो ।

तालिममा सामुदायिक वनको व्यवस्थापन, संरक्षण तथा सञ्चालन, वनसम्बन्धी प्रचलित ऐन, कानुन, नीति तथा कार्यक्रम र नेतृत्व विकासका विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.