bardiyahospital

मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न साइरन र लुना जीपीएस जडान

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया ।  मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बर्दिया राष्ट्रिय निकुञ्ज र सामुदायिक वनबाट आउने वन्यजन्तु बारेमा स्थानीयलाई समय सूचना दिन बर्दियाका विभिन्न स्थानमा साइरन र लुना जीपीएस जडान गरिएको छ ।

वन्यजन्तु खेतबारी वा बस्तीमा आएको देखेपछि स्थानीय समुदायलाई जानकारी गराउँन गाउँको बडघरको घरमा राखिएको साइरन बजाइन्छ । भने लुना जीपीएसमा कसैले वन्यजन्तु देखेको म्यासेज पठाउने बितीकै लुना एप जडान भएको साइरन स्वचालित रुपमा बन्छ ।

cld

बारबर्दिया नगरपालिका, ९ को खैरनी ढकेलामा साइरन र वडा नम्बर ७ को रम्बापुरमा लुना जीपीएस जडान गरिएको छ । बाँसगढी नगरपालिका, १ को बबई चेपाङ क्षेत्रमा साइरन जडान गरिएको छ । त्यसैगरी, गेरुवा गाउँपालिका, ६ को मनाउ, नौँरगा , सोनाहा फाँटा, पर्सेनी, गुप्तिपुर र बिन्द्रामा साइरन जडान गरिएको छ भने बन्जरियामा लुना जीपीएस जडान गरिएको छ । मधुवन नगरपालिका, १ को डल्लामा पनि लुना जीपीएस जडान गरिएको छ । भने ठाकुरबाबा नगरपालिका, ३ को तिनघरुवामा साइरन र वडा नम्बर ९ मा लुना जीपीएस जडान गरिएको छ । बर्दिया बाहिर सुर्खेतको भेरीगंगा नगरपालिकामा पनि साइरन जडान गरिएको जेड।एस।एलका प्रतिनिधि कमल रेग्मीले जानकारी दिनु भयो ।

‘लुना जीपीएस जडान भएको क्षेत्रमा बसोबास गर्ने स्थानीयले आफ्नो मोबाइलमा लुना जीपीएस एप डाउनलोड गर्नुपर्छ । गाउँमा कतै वन्यजन्तु देखिएमा एप म्यासेज मार्फत सन्देश पठाएपछि स्वचालित रूपमा साइरन बज्ने गर्छ ’, उहाँले भन्नुभया्े, ‘एपले मार्फत सन्देश पठाउँदा वन्यजन्तु देखिएको स्थानको लोकेसनसमेत देखाउने भएकाले सम्बन्धित निकायलाई वन्यजन्तु भएको स्थलसम्म पुग्न सहज हुन्छ । एपमा के भएको भनेर जानकारी पनि दिन मिल्ने भएकोले समस्या पहिचान भएर समाधान गर्न सजिलो हुन्छ ।’

ठाकुरबाबा नगरपालिका ७ बठनपुरकी स्थानीय प्रभाकुमारी चौधरीले लुना जीपीएस मार्फत म्यासेज गर्दा साइरन बज्ने गरेको बताउनु भयो ।। उहाँले भन्नुभयो, ‘ एप मार्फत म्यासेज गर्दा साइरन बज्नुका साथै सम्बन्धित निकायका रेन्जर, नेपाली सेना लगायतका निकायमा एसएमएस जाने गरेको छ । तर कतिपय साथीहरूलाई यो एप चलाउन पनि आउँदैन, यो एप चलाउन अझै सिकाउन जरुरी छ । म्यासेज जाने बितीकै वन्यजन्तुको उद्धार र वन्यजन्तुलाई धपाउन आउने व्यवस्था मिलाउन आवश्यक छ ।’

बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत एवम् सूचना अधिकारी महेश न्यौपानेले लुना एप मार्फत मार्फत सूचना आउने भएकोले घटना स्थलमा तत्काल पुगेर मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न सहज हुने गरेको बताउनुृ भयो । उहााँले भन्नुभयो, ‘ पछिल्लो समय प्रविधिको प्रयोग गरेर समेत संरक्षणको क्षेत्रमा काम हुने गरेको छ ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.