
कृष्णसार अनलाइन । बर्दियामा नेकपा एमालेका बागी उम्मेदवार नूतन कुमार चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छ । प्रतिनिधि सभा क्षेत्र नं. २ मा पार्टीको उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिएका चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको हो ।
एमालेले प्रतिनिधि सभा क्षेत्र नं. २ मा पार्टीले केन्द्रिय सदस्य विमला बिकलाई उम्मेदवार बनाएको थियो । केन्द्रिय सदस्यका बिकका विरुद्ध बागी उम्मेदवार बनेको चौधरीले शुक्रबार उम्मेदवारी फिर्ता लिनु भएको हो । लुम्बिनी प्रदेश कमिटी सदस्य समेत रहेका चौधरीले पार्टीको आधिकारिक उम्मेदवार बिकलाई सहयोग गर्ने गरी आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ मैले मेरो उम्मेदवारी फिर्ता लिएको छु । अब पार्टीको उम्मेदवारीलाई मेरो सहयोग रहने छ ।’

त्यसैगरी प्रतिनिधि सभा क्षेत्र नं. १ मा एमालेको बागी उम्मेदवार मोहन जंग पौडेलले भन्ने आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छैन् । पार्टीले क्षेत्र १ मा एमाले बर्दियाका अध्यक्ष शालिकराम अधिकारीलाई उम्मेदवार बनाएको छ ।


