bardiyahospital

निर्वाचन प्रहरी छनोट निष्पक्ष नभएको भन्दै बर्दिया जिल्ला प्रशासनमा नारा जुलुस

Geruwa GIF

कृष्ण्णसार अनलाइन । बर्दियामा निर्वाचन प्रहरी छनौट प्रक्रिया निष्पक्ष नभएको भन्दै उम्मेदवारहरूले जिल्ला प्रशासन कार्यालयभित्र नारा जुलुस गरेका छन्। पहुँचको भरमा निर्वाचन प्रहरी छनौट गरिएको भन्दै आवेदकहरूले जिल्ला प्रशासन कार्यालयभित्र नारा जुलुस गरेका हुन्।

निर्वाचन प्रहरी छनौट गर्दा पहुँचको भरमा पास गराइएको पवित्रा बिकले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘ सुरुमा  अयोग्य भनेर फालिएको व्यक्ति छनौट नभएको देख्दा चित्त नबुझेर जिल्ला प्रशासन कार्यालय आएकी हुँ। पावर र पहुँचको भरमा छानिएको छ।’

cld

छनौट निष्पक्ष नभएपछि छनौटमा नपरेका उम्मेदवारहरू भेला भएर आएको रियाज अहमद इराकीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘राम्रोसँग बोल्न नसक्ने, लेख्न नसक्नेहरू समेत छनौट भए। अनि कसरी निष्पक्ष भयो भनेर विश्वास गर्नु।’

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले निर्वाचन प्रहरीमा छनौटमा नपरेको परीक्षार्थीले चित्त नबुझेमा जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए नतिजा पुनरावलोकन हुने बताउनु भयो ।  उहाँले भन्नुभयो,‘चित्त नबुझेका परीक्षार्थीलाई निवेदन दिन भनिएको छ।’

आगामी फागुन २१ गते हुने निर्वाचन निर्वाचन प्रहरी हुनका लागि बर्दियामा ४ हजार ४ सयजनाको आवेदन दिएका थिए। पहिलो चरणमा लिखित परीक्षामा ३ हजार ७३६ जनाको नाम प्रकाशित भएको थियो। लिखित परीक्षामा सहभागीहरूलाई शनिबार र आइतबार अन्तर्वार्ता लिइएको थियो। सोमबार राती २ हजार २५ जनाको नाम निर्वाचन प्रहरी निस्किँदा १३४ पुरुष र ६६ महिलाको नाम वैकल्पिकमा सार्वजनिक भएको छ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.