bardiyahospital

बालविवाह रोक्न बर्दियामा करोडौँ लगानी, तर रोकिएन बालविवाह 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बालविवाह न्यूनिकरणका लागि करोडौँ रुपैयाँ लगानी भएपनि बर्दियामा अझै बालविवाह रोकिएको छैन। बालविवाह न्यूनीकरणका लागि पालिका र संघ/संस्थाले करोडौँ रुपैयाँ लगानी गर्दै आएको भएपनि बर्दियामा अझै बालविवाह रोकिएको छैन। 

स्थानीय तहमा बालविवाह न्यूनिकरणका लागिका भन्दै विभिन्न संघ/संस्थाले कार्यक्रम सञ्चालन गर्दै आएको छन् । स्थानीय तहले भन्दा बढी बजेट बालविवाहका लागि संघ/संस्थाले खर्च गरेका छन् । तर पनि बालविवाहमा न्यूनिकरण हुन सकेको छैन। बालविवाह न्यूनिकरणका लागि बाँके युनेस्को क्लब, भेरी वातावरणीय विशिष्‍टता समूह  बिग्रुप राधाकृष्ण थारू जनसेवा केन्द्र, थारू महिला उत्थान केन्द्र, बेस बर्दिया, आवाज, दलित महिला उत्थान संघले काम गर्दै आएका छन् ।

cld

बालविवाह न्यूनिकरण लागि भन्दै संघ/संस्थाले बालबालिका, अभिभावक बडघर, जनप्रतिनिधि, धर्म गुरुहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक लगायतका लगेर मंहग्रो होटलमा राखेर सेमिनार, गोष्ठी, तालिम गर्दै करोडौँ रकम खर्च गरेको छन्। यसरी करोडौँ खर्च गरेको भएका बालविवाह रोकिएको छैन । 

स्वास्थ्य कार्यालय बर्दियाको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिर सम्ममा २० वर्ष भन्दा मुनिमा एक सय ९४ जना सुत्केरी, दुई ६४ जनाले पहिलो पटक गर्भ जाँच, ९९ जनाले परिवार नियोजनको साधन र २६ जनाले गर्भपतन गरेको छन् । गत आर्थिक वर्ष २०८१/०८२ मा दुई सय ८५ जना सुत्केरी, ६ सय ६९ जनाले पहिलो पटक  गर्भजाँच दुई सय १२ जनाले परिवार नियोजनको साधन, ९० जनाले गर्भपतन र ५ जनाले आकस्मिक गर्भ निरोध औषधी प्रयोग गरेको पब्लिक हेल्थ नर्सिङ अधिकृत एवं सूचना अधिकारी पदमा कुमारी श्रेष्ठले बताउनु भयो ।

त्यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा चार ९८ जना सुत्केरी, सात सय ७५ जनाले पहिलो पटक गर्भजाँच, तीन सय २१ जनाले परिवार नियोजनको साधन र ८२ जनाले गर्भपतन गरेका छन् ।  भने आर्थिक वर्ष २०७९/०८० मा पाँच सय ७४ सुत्केरी, आठ सय ८८ जनाले पहिलो पटक गर्भवती जाँच,  चार सय ८७ जना परिवार नियोजनको साधन र ५९ जनाले गर्भ पतन गरेको  हेल्थ नर्सिङ अधिकृत एवं सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क हेर्दा बालविवाह रोकिएको देखिदैन। २० वर्ष नपुग्दै सुत्केरी हुने, गर्भवती जाँच गर्ने, परिवार नियोजनको साधन प्रयोग गर्ने र गर्भपतन गर्नेको सङ्ख्या हेर्दा बालविवाह रोकिएको छैन। संघ/संस्था र पालिकाले गरेको लगानी अनुसार प्रतिफल प्राप्त भएको छैन।

कम उमेर आमा बनेर सुत्केरी गराउन आउँदा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको बर्दिया अस्पताल गुलरियाका  स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर कृष्ण खनालले बताए । उनले भने,  ‘ कम उमेरमा प्रजनन अङ्ग परिपक्क नहुदाँ गर्भमा रहेको बच्चाको विकास नहुने, बच्चा खेर जाने, आमालाई लामो समय व्यथा लाग्ने, फिस्टुला हुने, प्रसुती हुँदा रक्तश्राव अत्याधिक हुने, आमा र बच्चाको ज्यान समेत जान सक्ने, यौन अंग बढी च्यातिने ,अप्रेसन गर्नु पर्ने हुन्छ।’  सानै उमेर विवाह गरेका कतिपय आमाहरु पछि गएर मानसिक समस्या पनि देखिने डाक्टर खनाले जानकारी दिए ।  सरकारले सन् २०३० सम्म बालविवाह मुक्त देश बनाउने भनेर घोषण गरेको छ । तर अझै पनि समाजमा बालविवाह कायम रहेको छ ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.