
प्रिय अमोहा
जीवनको धेरै सत्य मध्ये एउटा सत्य के हो भने प्रशंसक भन्दा आलोचकहरू धेरै रचनात्मक हुन्छन । उनीहरु यती सिल्पी हुन्छन कि पर्यो भने उनीहरू तोरीको गेडामा समेत प्वाल पार्न सक्छन् । प्रशंसा गर्न खासै मिहिनेत गर्नु पर्दैन ।आलोचना गर्न मिहिनेत गर्नु पर्छ । उनीहरु माईक्रोस्कोपिक हुन्छन् । लेख्छन् मेट्छन् अनि फेरी लेख्छन् । उनीहरु धैर्यवान पनि हुन्छन् किनकी उनीहरु आफ्नो आलोचनाको प्रतिकृया के आउँछ भनी कुरेर पनि बस्छन् । यो निरन्तर चल्न थाल्छ ।यो बानी बन्न थाल्छ । प्रतिकृयाको आशामा जब उनीहरु बेचैन हुन थाल्छन् । उनीहरु अगाडि बढ्न सक्दैनन् ।त्यसपछि त्यो रोग बन्छ ।

यदि तिमी राम्रो आलोचक बन्न चाहन्छौ भने तिम्रो आलोचनालाई प्रश्न चिन्हमा नछोड । यसले तिमीलाई केबल उत्तरको आशामा बेचैन मात्र बनाउँछ ।
विजय


