
कृष्णसार अनलाइन । बर्दिया राष्ट्रिय निकुञ्जले विश्व सिमसार दिवसको अवसर पारेर गोही प्रजनन केन्द्रका घडियाल गोहीलाई निकुञ्जभित्र रहेको खौराहा खोलामा छाडेको छ।
सफा पानीमा बस्ने घडियाल गोहीले मानिसलाई आक्रमण गर्दैन र माछा मात्र खान्छ। पछिल्लो समय मानवीय गतिविधि, खोला प्रदूषण, नदी उत्खनन, अतिक्रमण, माछा मार्न प्रयोग हुने जाल र बल्छीका कारण घडियाल गोहीको अस्तित्व सङ्कटमा पर्न थालेको छ ।

निकुञ्जको गोही प्रजनन केन्द्रमा रहेका ५ वटा घडियाल निकुञ्जभित्रको खौराहा खोला छाडिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोक रामले बताउनु भयो । उहाँले भन्नुभयो, ‘निकुञ्जको प्रजनन् केन्द्रभित्र रहेका ५ वटा घडियाल बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको छ।’
विश्वबाट नै घडियाल गोही लोपोन्मुख हुने खतरा भएपछि संरक्षण गर्नका लागि गोही प्रजनन केन्द्रको स्थापना गरिएको हो। घडियाल संरक्षणका लागि निकुञ्जले काम गर्दै आएको छ।


