bardiyahospital

कैदीबन्दीलाई दिइएको बेतको फर्निचर तथा बाँसको हस्तकला तालिम समाप

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा कैदीबन्दीलाई दिइएको बेतको फर्निचर तथा बाँसको हस्तकला सामान निर्माण तालिम समापन गरिएको छ । कारागार कार्यालय गुलरियामा रहेका कैदीबन्दीलाई दिइएको बेतको फर्निचर तथा बाँसको हस्तकला सामान निर्माण तालिम समापन गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय गुलरियाको आयोजनामा कैदीबन्दीलाई सिप सिकाउने उद्देश्यले तालिम दिइएको थियो । तालिममा कारागारभित्रका रहेका २० जना कैदीबन्दीलाई बेतको फर्निचर तथा बाँसको हस्तकला सामान निर्माणको तालिम घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख इन्द्रराज खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘तालिममा सिकेको सिपबाट कैदीबन्दीले आयआर्जन गर्न सक्छन् । बेतको फर्निचर तथा बाँसको हस्तकला सामानको बजार पनि राम्रो छ ।’

cld

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले करिब डेढ महिनासम्म चलेको बेतको फर्निचर तथा बाँसको हस्तकला तालिमले कैद सजाज पूरा गरेर बाहिर निस्किँदा कैदीबन्दीले सिकेको सिपले आयआर्जन गरी परिवार र समाजमा संयोजन हुन सहयोग पुग्ने बताउनु भयो ।उहाँले भन्नुभयो, ‘तालिममा सिकेको सिपलाई आयआर्जनसँग जोड्न पालिकासँग सहकार्य गरी बेतको फर्निचर तथा बाँसको हस्तकलाको बजारीकरणमा ध्यान दिन आवश्यक छ भने सामग्री निर्माण गर्न कच्चापदार्थ व्यवस्थापनको लागि ध्यान दिनुपर्छ।’

तालिममा सहभागी भएका कैदीबन्दीले बेतको मुढा, सोफा, कुर्सी, किताब र्‍याकलगायत सामग्री बनाउन सिकेका थिए ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.