bardiyahospital

निर्वाचन प्रहरीलाई आवश्यक प्रशिक्षण र निर्देशन

Geruwa GIF

कृष्णसार अनलाइन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन गराउन छनोट भएका निर्वाचन प्रहरीलाई आवश्यक प्रशिक्षण र निर्देशन दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचन प्रहरीको अधिकार र कर्तव्यबारे जानकारी गराउनु भयो । उहाँले भन्नुभयो, ‘निर्वाचनमा हरेक निकायको आफ्नो आफ्नो भूमिका हुन्छ । त्यसलाई पूरा गरेर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नुपर्नेछ । त्यसका लागि निर्वाचन प्रहरीले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’

cld

बर्दियामा चार हजार चार सयजनाले आवेदन दिएका थिए । त्यसबाट शारीरिक परीक्षण, लिखित र मौखिक परीक्षा पास गरेर दुई हजार २५ जना निर्वाचन प्रहरी भएका थिए ।

आज गुलरिया नगरपालिका– ५, रामबाघ मैदानमा भएको कार्यक्रममा बर्दिया जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत मनोजकुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रमुख र सशस्त्र प्रहरी बल नेपाल नं। ३१ गण हेडक्वार्टरका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.