bardiyahospital

सामुदायिक वनमा लाग्ने डढेलो रोक्नका लागि वनका उपभोक्तालाई सचेतनामूलक कार्यक्रम 

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा सामुदायिक वनमा लाग्ने डढेलो रोक्नका लागि सामुदायिक वनका उपभोक्तालाई सचेतनामूलक कार्यक्रम गरिएको छ । बर्दियाको मधुवन नगरपालिका– ४, ढोढरीमा रहेको रामजानकी सामुदायिक वनका उपभोक्तालाई वनमा लाग्ने डढेलो रोक्नका लागि सामुदायिक वनका उपभोक्तालाई सचेतनामूलक कार्यक्रम गरिएको हो ।

सम्बर्द्धन परियोजनाका पैरवी अधिकृत जयन जोशीले वन आगो लागेर हुने जैविक विविधताको विनाश हुन नदिन समुदायलाई सचेत गराउन कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘वनमा लाग्ने डढेलो रोकथाम र नियन्त्रणमा उपभोक्ताको भूमिका महत्त्वपूर्ण हुन्छ । त्यसका लागि उपभोक्ता समूहले वनमा अग्निरेखा निर्माण गर्ने, वनमा हुने अवैध गतिविधि रोक्ने र समुदायका नागरिकलाई सचेत गराउन आवश्यक रहेको छ । वनमा लाग्ने डढेलो रोक्न सामूहिक भूमिका हुने भएकोले समूहका उपभोक्ता मिलेर काम  गर्न  आवश्यक छ ।’

cld

सामुदायिक वन उपभोक्ता महासंघका उपाध्यक्ष मोहम्मदकर खाँले वातावरण संरक्षण र हरियाली बनाउनका समुदायले खेलेको भूमिका विश्व समुदायमाझमा उदाहरणीय रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘देशमा २३ हजार सामुदायिक वन छन् । त्यसमा करिब एक करोड  ५० लाख उपभोक्ता आबद्ध छन् । अन्य देशमा वन घट्दै गएको छ । तर, नेपालमा वन विस्तार हुँदै गएको छ । सामुदायिक वनको विस्तार भएसँगै  वनमा हुने डढेलोको जोखिम पनि बढेको छ । त्यही भएर फेरि पनि सामुदायिक वन जोगाउने दायित्व  उपभोक्ता समितिको नै हो । सामुदायिक वनमा हुने डढेलो रोक्न सबैले हातेमालो गर्नुपर्छ ।’

कार्यक्रममा भएको वक्तृत्वकला प्रतियोगितामा मधुवन नगरपालिका– १ मा रहेको त्रिभुवन माध्यमिक विद्यालय सूर्यपटुवाको छात्रा पार्वती आचार्य प्रथम हुनु भएको छ । त्यसैगरी मधुवन नगरपालिका– ३, धनौरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी छात्रा सुस्मिता परियार द्वितीय हुनु भएको छ । भने  ठाकुरबाबा– ९ मा रहेको  जगदम्बा माध्यमिक विद्यालयका छात्र रोशन पुनमगर तृतीय हुनु भएको छ । 

कार्यक्रम  सम्बर्द्धन परियोजनाको आयोजना र रामजानकी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा गरिएको थियो । कार्यक्रममा भएको वक्तृत्वकला प्रतियोगितामा मधुवन नगरपालिकाका तीन र ठाकुरबाबा नगरपालिकाका दुईवटा गरी पाँचवटा विद्यालयको सहभागिता रहेको थियो । युरोपियन युनियन, अष्ट्रियन डेभलपमेन्ट कोपरेशनको आर्थिक सहयोगमा सञ्चालित सम्वर्धन परियोजना अन्तर्गत सञ्चालित परियोजनाले स्थानीय तहमा आड्रा, एन्बाव नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ, भेरी वातावरणीय समुह (बी ग्रुप) बाँकेसँग मिलेर काम गरिरहेको छ  ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.