bardiyahospital

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

Geruwa GIF

प्रोमिला वाग्ले

राजापुर

cld

राजापुर नगरपालिका वडा न. ५ले  वडामा भएका गर्भवती र  सुत्केरी महिलाहरुको लागि नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ ।

वडामा भएका सम्पुर्ण गर्भवति महिलालाई अनिवार्य रुपमा अस्पतालमै प्रसुति गराउने र सबै वडाका वासिन्दाहरुलाई स्वास्थ्य सेवाको पहुँच पुराउने उद्देश्यले एम्बुलेन्स सञ्चालन ल्याएको वडा अध्यक्ष राम बहादुर थारुले बताए ।   समयमै उपचार नपाउदा अकालमा कुनै पनि नागरिकको ज्यान नजाओस भन्ने उद्देश्यले बिरामी घाइते तथा समस्या परेका नागरिकलाई तत्काल अस्पताल सम्म लैजानका लागी वडामै एम्बुलेन्सको व्यवस्था गरिएको नगर प्रमुख शिव प्रसाद चौधरीले बताउनु भयो।

कतारको सामजिक संस्था कतार च्यारिटिले ग्रामिण भेगमा स्वास्थ्य सेवाको पहुँच बढाउन लुम्बिनि प्रदेश सरकारलाई आठवटा एम्बुलेन्स प्रदान गरेको थियो। कतार च्यारिटी बाट प्राप्त एम्बुलेन्स स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय लुम्बिनि प्रदेश र लुम्बिनि एकिकृत बिकास संस्था कपिलवस्तुको सहकार्यमा लुम्बिनि प्रदेशका बिभिन्न स्वास्थ्य संस्थालाई यसै हप्ताको सुरुवातमा नै लुम्बिनि प्रदेशका मुख्यमन्त्री कुल ब केसीको उपस्थितीमा हस्तान्तरण गरिएको थियो।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.