
बिशाल बस्नेत, गुलरिया । बर्दिया १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ठाकुरसिंह थारू निर्वाचित हुनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका ठाकुरसिंह थारू ४९ हजार ६३१ मत मत ल्याएर निर्वाचित हुनु भएको हो ।
उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले शालिकराम अधिकारीले १४ हजार ६४३ मत ल्याउनु भएको छ । यसअघि निरन्तर तीनपटक जितेका पूर्वसिँचाइमन्त्री नेपाली काँग्रेस नेता सञ्जयकुमार गौतम १२ हजार ७२२ मत प्राप्त गरेर तेस्रो हुनु भएको छ। निर्वाचन थारू आयोगका अध्यक्ष नेपाली कम्युनिस्ट पार्टीका विष्णुप्रसाद थारूले नौ हजार ३८५ मत प्राप्त गर्नु भएको छ ।

प्रतिनिधिसभा क्षेत्र १ मा एक लाख ६८ हजार ३४ जना मतदाता रहेका छन् । जसमध्ये एक लाख दुई हजार ४८९ जनाले मतदान गरेको थिए भने पाँच हजार ८८० मत बदर भएको सहायक निर्वाचन अधिकृत कमल घलेले बताउनु भयो ।


