bardiyahospital

गेरुवा गाउँपालिकामा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियाको गेरुवा गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पताल निर्माण कम्पनीको लापरबाहीले करिब पाँच वर्षदेखि अलपत्र परेको छ । निर्माण कम्पनीले समयमा काम नगर्दा गेरुवा गाउँपालिका– ६ मा रहेको निर्माणाधीन १० शय्याको अस्पताल चार वर्ष १० महिनादेखि अलपत्र अवस्थामा रहेको हो । 

गौरा नेपाल मेगा वीरेन्द्र अमर जेभीले २ जेठ ०७८ मा अस्पताल निर्माणको जिम्मा पाएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले १५ असार ०७९ मा अस्पताल बनाइसक्नुपर्ने थियो । तर, समयमा काम नगर्दा अस्पताल निर्माणको काम अहिलेसम्म हुन सकेको छैन । 

cld

निर्माण कम्पनीले अस्पतालको भवन निर्माणको  ठेक्का पाँच करोड २४ लाख ७० हजार ९३४ रुपैयाँमा प्राप्त गरेको गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले बताउनु भयो । उहाँले भन्नुभयो,  ‘निर्माण कम्पनीले अहिलेसम्म करिब ४० प्रतिशत भौतिक निर्माणको काम सम्पन्न गरेको छ । निर्माण कम्पनीलाई समयमा काम सक्नका लागि भन्दै पालिकाले पटकपटक ताकेता गरेपछि अहिले अस्पताल निर्माणको कामले गति लिएको छ ।’

सार्वजनिक खरिद नियमावली ०७४ ले पूर्वनिर्धारित समयमा काम नगर्ने आपूर्तिकर्ता, परामर्शदाता, सेवा प्रदायक वा निर्माण व्यवसायीलाई जरिवाना र ठेक्का रद्द गर्न सक्ने व्यवस्थासमेत रहेको छ ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.