bardiyahospital

चराको संख्या घट्दै गएपछि संरक्षणकर्मी चिन्तित

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा थलचर र जलचर चराको सङ्ख्या घट्दै गएपछि संरक्षणकर्मी चिन्तित बन्न थालेका छन् । खेतबारी प्रयोग हुने रासायनिक मल र विषादीको बढ्दो प्रयोगले पछिल्लो समय थलचर र जलचर चराको संख्या घट्दै गएपछि संरक्षणकर्मीहरु चिन्तित बन्न थालेका हुन् ।

गाउँघर, खेतबारी, नदीनाला , सिमसार क्षेत्र र वन जङ्गलमा पहिला जस्तो अचेल चरा देखिन छाडेको चराविद् रामबहादुर शाहीले बताउनु भयो। उहाँले भन्नुभयो, ‘अचेल पहिलाझैँ चरा देखिदैन, यो गम्भीर चिन्ताको विषय हो । खेतबारी बढ्दो रासायनिक मल र विषादीको प्रयोगले गर्दा चराको संख्या कम हुँदै गएको छ । चराहरू किसानको साथी हुन् । तर पछिल्लो समय किसानले प्रयोग गरिरहेका रासायनिक मल र विषादीको प्रयोगले चरा मर्न थालेका छन् ।’

cld

बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष राजन चौधरीले गिद्ध, खर मयुर, सारस जस्ता चराहरू अचेल देखिन छाडेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ खेतबारी प्रयोग हुने रासायनिक मल तथा विषादीको बढ्दो प्रयोग, सिमसार क्षेत्रमा पानी सुक्नु, बढ्दो मानवबस्ती, आगलागी, जलवायु परिवर्तनको असर, वन जंगल विनाश र र जनचेतनाको कमीले गर्दा चराहरूको सङ्ख्या कम हुँदै गएको छ ।’

‘खेतबारी लाग्ने किराफट्याङ्ग्रा, मुसा, सर्प भ्यागुता जस्ता किसानको शत्रु जीवलाई खाएर चराले किसानलाई सहयोग गर्दै आएको छ ।’ उहाँले भन्नुभयो, ‘तर पछिल्लो समय किसानहरूले चराको महत्व नबुझेर वा नजानेर खेतबारीमा प्रयोग गरिरहेका रासायनिक मल र विषादीको प्रयोगले चराहरू अस्तित्व संकटमा पर्दै गएको छ। त्यहीँ चरा संरक्षण गर्न सबैजना जिम्मेवारी हुन आवश्यक रहेको छ ।’

चीनले सन् १९५८–१९६२ मा ‘द ग्रेट लिप फर्वार्ड’ अभियान सुरु गर्यो । अनि चीनमा धमाधम भँगेरा, मुसा मार्न थालियो, त्यहाँ लाखौँ भँगेरा र मुसा मारियो । भँगेरा मारेपछि किसानको खेतमा किराफट्याङ्ग्रा बढ्यो। प्राकृतिक सिकारी भँगेरा मारिएपछि किराफट्याङ्ग्राले खेतबारीको अन्न बाली खान थाल्यो । र चीनमा किराफट्याङ्ग्राले गर्दा कृषि उत्पादन झनै घट्यो । चिनियाँ सरकारको गलत निर्णयले सन् १९५९ देखि १९६१ सम्म चीनमा भोकमरी भयो ।

चीनमा भोकमरी गर्दा तीन करोडभन्दा बढी मानिस भोकमरीले मरेको अनुमान गरिन्छ । भँगेराले अन्न बाली मात्र नखाएर खेतबारीमा लाग्ने किराफट्याङ्ग्रा समेत खान्छ भन्ने ज्ञान नहुँदा चीनले ठूलो संकट भोग्नु पर्यो । जैविक विविधताको महत्व बुझेपछि चीनमा भँगेराको संख्या बढाउन सोभियत संघ लगायतका देशबाट भँगेरा आयात गरि भँगेरा संरक्षण गरेको इतिहास रहेको छ । चीनमा चरा मार्दा खेतबारी किराफट्याङ्ग्रा बढेर भोकमरी भएको इतिहासबाट शिक्षा लिर्दै चरा संरक्षणका लागि सबैले हातोमालो गर्न जरुरी रहेको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.