
कृष्णसार अनलाइन । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आएकी जर्मनी पर्यटकले अभिभावकविहीन बालबालिकालाई खाद्यान्न सहयोग गरेकी छिन्। निकुञ्ज घुम्न आएकी जर्मनकी एन्ड्रिया बर्नर ( andrea berner) ले बर्दियाको मधुवन नगरपालिका –१, पत्थरबोझी रहेको सरस्वती आधारभूत विद्यालयमा बस्दै अभिभावकविहीन बालबालिकालाई खाद्यान्न सहयोग गरेकी हुन्।
विद्यालयमा बस्ने अभिभावकविहीन बालबालिकालाई नेपाली सेना, पालिका, विभिन्न व्यक्ति र प्रकृति पद प्रदर्शकहरूलगायत व्यक्तिहरूले सहयोग गर्दै आएका छन्। निकुञ्ज घुम्न आएकी जर्मनी पर्यटक एन्ड्रिया बर्नर अभिभावकविहीन बालबालिकाको बारेमा सुनेपछि बालबालिकालाई खाद्यान्न सहयोग गरेकी प्रकृति पद प्रदर्शकले रामराज ( नाना ) ढकालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अभिभावकविहीन बालबालिकालाई एन्ड्रिया बर्नर ( andrea berner) ले करिब ३० हजारबराबरको चामल, नुन, तेल दाँत माझ्ने मञ्जन स्याम्फूलगायत सामग्री सहयोग गर्नुभएको छ।


