
प्रकाश पौडेल, गुलरिया । बर्दियामा चितुवाको आक्रमणबाट दुईजना घाइते भएका छन्। चितुवाको आक्रमणबाट राजापुर नगरपालिका– ९ ईश्वरीगञ्जका ५५ वर्षीय शिवराज सिजवाल र सोही ठाउँका ३२ वर्षीय जेबीराम बस्नेत घाइते भएका हुन्।
ईश्वरीगञ्जका दुर्गाप्रसाद थारूको मकैबारीमा देखिएको चितुवा स्थानीय जम्मा भएर लखेट्न जाँदा चितुवाको आक्रमणबाट सिजवाल र बस्नेत घाइते भएको हुन्। घाइते सिजवालको निधारमा र बस्नेतको घाँटी पछाडी चोट लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताउनु भयो।

घाइतेहरूको सामान्य उपचार गरेर थप उपचारको लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको बर्दिया अस्पताल गुलरियाले जनाएको छ।


