
कृष्णसार अनलाइन । बर्दियाको मधुवन नगरपालिका, ८ सानोश्रीमा रहेको बाँसपानी सामुदायिक वन उपभोक्ता समूहले वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ गरेको छ । शुक्रबार बाँसपानी सामुदायिक वन उपभोक्ता समूहले २१औँ वार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाइ गरेको हो ।
साधारणसभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा सामुदायिक वनको वार्षिक गतिविधि, वन संरक्षण तथा व्यवस्थापन, उपभोक्ताका लागि सञ्चालन भएको कार्यक्रम र आर्थिक गतिविधि समूहका सदस्यलाई जानकारी गराइएको थियो।

सार्वजनिक सुनुवाइ मार्फत वन उपभोक्ता समूहका गतिविधि, आम्दानी खर्च तथा आगामी योजनाको बारेमा जानकारी गराउदैँ सामुदायिक वनलाई अझै कसरी राम्रो बनाउन सकिन्छ भनेर उपभोक्ता समूह बाट सुझाव र प्रतिक्रिया लिइएको सामुदायिक वनका अध्यक्ष कमल खत्रीले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय बर्दियाले मधुवन क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहसँग मिलेर संरक्षण सम्बन्धित गतिविधि काम गरिरहेको खाता सब डिभिजन कार्यालयको वरिष्ठ वन अधिकृत सन्तोष चौधरी बताउनु भयो ।
सामुदायिक वन उपभोक्ता समूहले ज्येष्ठ नागरिक,उत्कृष्ट उपभोक्तालाई सम्मान, कृषि तथा पशुपालन गरिरहेका उत्कृष्ट किसानलाई सम्मान, एसइइको परीक्षा उत्कृष्ट विद्यार्थीलाई सम्मान, महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको परियोजनाको साझेदार संस्था सामुदायिक वन उपभोक्ता महासंघ नेपालका फिल्ड सहजकर्ता लोकराज परियारले जानकारी दिनुभयो ।


