bardiyahospital

समस्याग्रस्त वन्यजन्तु उद्धारमा खटिने कर्मचारीलाई तालिम 

Geruwa GIF

कृष्णसार अनलाइन । राष्ट्रिय प्रकृति संरक्षण कोषले मानव वन्यजन्तु द्वन्द्वमा खटिने कर्मचारीलाई समस्याग्रस्त वन्यजन्तुको पहिचान, उद्धार र उद्धारपछि गरिने हेरचाह सम्बन्धी तालिम दिएको छ ।

 राष्ट्रिय प्रकृति संरक्षण कोषले बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय बर्दिया , बाँके, सुर्खेत र पहलमानपुरका मानव वन्यजन्तु द्वन्द्वमा अग्रपङ्क्तिमा खटिने कर्मचारीलाई तालिम दिइएको हो। तालिममा विशेषगरी समुदायमा प्रवेश गरी समस्या सिर्जना गर्ने बाघ र चितुवाको पहिचान गर्ने समस्याग्रस्त वन्यजन्तुको उद्धार र उद्धारको क्रममा अपनाउनुपर्ने सावधानी तथा उद्धारपछि वन्यजन्तुको हेरचाह र व्यवस्थापनका विषयको सहभागीलाई सिकाएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले बताउनु भयो ।

cld

 राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा. विकल्प कार्कीले समुदायमा गएर समस्या सिर्जना गर्ने बाघ तथा चितुवाको पहिचान र सुरक्षित रूपमा उद्धार गर्ने तरिका बारे सहभागीलाई व्यवहारिक ज्ञान दिइएको जानकारी दिनुभयो । ‘तालिममा सहभागी अधिकांशसँग समस्याग्रस्त वन्यजन्तुको उद्धारसम्बन्धी सैद्धान्तिक ज्ञान थियो,’ उहाँले भन्नुभयो, ‘त्यही सैद्धान्तिक ज्ञानलाई व्यवहारमा कसरी प्रयोग गर्ने भन्ने विषयमा तालिम मार्फत सिकाइएको छ।’ 

उनले वन्यजन्तु उद्धार गर्ने क्रममा वन्यजन्तुको अवस्था, वन्यजन्तुको व्यवहार तथा उद्धारमा संलग्न कर्मचारीको सुरक्षालाई कसरी ध्यान दिने भन्ने बारेमा तालिम केन्द्रित भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उद्धारपछि वन्यजन्तुको स्वास्थ्य अवस्था कसरी हेर्ने , स्वास्थ्य उपचार कसरी गर्ने र उपयुक्त स्थानमा व्यवस्थापन कसरी गर्ने विषय भन्ने विषयमा तालिम गराइएको हो ।’ 

राष्ट्रिय प्रकृति संरक्षण कोषले वन्यजन्तु उद्धार सम्बन्धी तालिम असोज १३ गतेदेखि १६ गतेसम्म भएको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.