bardiyahospital

चोरी डकैती र लागूऔषध विरुद्ध विद्यार्थीलाई सचेत गराउँदै प्रहरी

Geruwa GIF

कृष्णसार अनलाइन ।  बर्दियाको गेरुवा गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय पाताभारले बालप्रिय आधारभूत विद्यालयका विद्यार्थीसँग चोरी डकैती, लागूऔषध दुर्व्यसन लगायत सामाजिक समस्याबारे सचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरेको छ।

कक्षाकोठा बाहिरको अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय पाताभारको समन्वयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले प्रहरी अधिकारीसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए। कार्यक्रममा समुदायमा देखिएका चोरी डकैती तथा लागूऔषध दुर्व्यसनको अवस्था, सम्भावित कारण, त्यसबाट पर्ने असर र रोकथामका उपायबारे छलफल गरिएको थियो। विद्यार्थीहरूले प्रहरी अधिकारीसँग विभिन्न विषयमा प्रश्न गर्दै सामाजिक समस्या न्यूनीकरणमा विद्यार्थी तथा समुदायको भूमिकाबारे जानकारी लिएका थिए। अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले प्रश्न गर्ने, सुन्ने, टिपोट गर्ने, छलफल गर्ने गरेका थिए।

cld

कार्यक्रममा प्रहरी सहायक निरीक्षक हर्क भुलले शिक्षण सिकाइलाई कक्षाकोठामा मात्र सीमित नराखी किताबमा पढेका ज्ञानलाई वास्तविक जीवन र समुदायसँग जोडेर बुझ्ने अवसरका रूपमा विद्यार्थीलाई बुझाउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउनु भयो। उहाँले कक्षाकोठामा प्राप्त ज्ञानलाई व्यवहारिक जीवनसँग जोडेर बुझ्ने अवसर प्रदान गर्दा विद्यार्थीमा सकारात्मक प्रभाव पर्ने भएकाले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रहरी सहायक निरीक्षक भुलले विद्यार्थीलाई लागूऔषधबाट टाढा रहन तथा चोरी डकैती र अन्य सामाजिक विकृति विरुद्ध सचेत बन्न आग्रह गर्नुभयो। सामाजिक समस्या न्यूनीकरणका लागि विद्यार्थी, अभिभावक र  समुदाय बीच सहकार्य आवश्यक रहेको उहाँले विद्यार्थीहरूलाई जानकारी दिनुभयो।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.