bardiyahospital

बारबर्दियाका इन्जिनियर मल्लविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव मल्ल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डेढ लाख रुपैयाँ घुससहित पक्राउ परेका मल्ल विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

भवन तथा बस्ती विकास शाखामा कार्यरत मल्लले वडा नं ७ रम्भापुरस्थित विद्यालयको चारकोठे भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि नापजाँच एवं बिल तयार–पाससमेतका काममा सहजीकरण गरिदिने भन्दै घुस लिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। अख्तियारको बुटवल कार्यालयको सम्पर्क कार्यालय नेपालगंजबाट खटिएको टोलीले मल्ललाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

cld

मल्ललाई एक लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र सजाय मागदाबी गरी आरोपपत्र दायर गरेको आयोगले जनाएको छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.