
प्रकाश पौडेल
बाँसगढी ।
बर्दियाको बाँसगढी नगरपालिकाको एक कार्यक्रममा थारु भाषालाई सरकारी कामकाजी भाषाको रुपमा लागु गर्नु पर्ने माग गरीएको छ । बर्दियाको बाँसगढी नगरपालिकामा नगरस्तरीय बरघर सञ्जालकाे आयोजनामा संस्कृती संरक्षण लागि पुनर्जागरण अभियान घाेषणा सभा कार्यक्रममा सो माग गरीएको हो ।
कार्यक्रम बरघर नगर सञ्जालका अध्यक्ष जोगीराम थारुको अध्यक्षतामा सम्पन्न भएको थियो । बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीको प्रमुख आतिथ्यतामा घोषणा सभा सम्पन्न कार्यक्रममा बर्दिया लगाएत तराईका जिल्लाहरुमा थारु समुदायको उल्लेख्य उपस्थीती रहेको हुँदा थारु भाषालाई सरकारी भाषाको रुपमा प्रयोगमा ल्याउनु पर्ने माग गरीएको छ ।


त्यसैगरी नेपालको संविधान २०७२ को धारा ५६.(५)को र स्थानिय सरकार संचालन ऐनको दफा ९९ बमोजिम विशेष, सरक्षित वा स्वायत्त क्षेत्र घोषणा गरी सामाजिक साँस्कृतिक संरक्षण र आर्थिक बिकासको कार्यक्रम लागु गर्न सहभागीहरुले माग गरेका छन् ।
सो कार्यक्रममा बाँसगढी नगर उपप्रमुख सुष्मा थारु, त्रिभुवन विश्वविधालय मानवशास्त्र बिभागका प्राध्यापक डाक्टर सुरेश ढकाल लगाएतकाको उपस्थीती रहेको थियो ।

कार्यक्रममा सांस्कृति परम्परा, मुल्यमान्यतालाई संरक्षण र समयानुकुल परिमार्जन गरी बृहत्तर सामाजिक हित र पर्यावरण संरक्षणको लागि निरन्तरता दिने घोषण गरेका छन् । त्यसैगरी सभामा बाल बिवाह, बहुबिवाह र अनमेल बिबाह जस्ता कुरितिजन्य परम्परालाई निरुत्साहित गर्ने घोषणा गरीएको छ ।
बाँसगढी नगरपालिकामा ४१ वटा थारु समुदायको गाँउहरु रहेका छन् । जसमध्ये २० वटा थारु समुदायको गाँउको बरघर सञ्जाल बाँसगढी नगरपालिका दर्ता रहेका छन् । बाँसगढी नगरपालिका दर्ता रहेका बरघरहरुलाई बरघर परिचयपत्र दिएको छ ।


