bardiyahospital

एक महिनामा चार पटक पेट्रोलियम पदार्थको मूल्य बढ्यो 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । नेपाल आयल निगमले  चैत महिनामा चार पटक  पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तराष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै नेपाल आयल निगमले  चैत महिनामा चार पटक  पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

नेपाल आयल निगमले चैत २७ गतेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ डिजेल र मट्टितेलमा प्रतिलिटर ५५ रुपैयाँ, हवाइ इन्धन आन्तरिक तर्फ प्रतिलिटर ६ रुपैयाँ र ग्यासमा एक सय रुपैयाँमा बढाएको छ ।  

cld

 त्यसैगरी नेपाल आयल निगमले चैत २ गतेबाट लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ तथा  डिजेल र मट्टितेलको मूल्यमा १० रुपैयाँ वृद्धि गरेको थियो । भने नेपाल आयल निगमले चैत १२ गतेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँको दरले बढाएको थियो ।भने  नेपाल आयल निगमले चैत १९ गतेबाट लागू हुने गरी पनि तेलको मूल्य बढाएर पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँको दरले बढाएको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.