bardiyahospital

घरदैलोमा राहदानी सेवा लिन राजस्व तिर्नुपर्ने

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । सरकारले घोषणा गरेको घरदैलोमा राहदानी पुर्‍याउने सेवा लिनका लागि राजस्व तिर्नुपर्ने भएको छ । सरकारले घोषणा गरेको घरदैलोमा राहदानी पुर्‍याउने सेवा लिनका लागि जिल्ला हुलाक कार्यालयमा फारम भर्नुपर्ने र ५५ रुपैयाँ राजस्वसमेत तिर्नुपर्ने भएको हो ।

राहदानी शुल्कबाहेक सरकारले घोषणा गरेको घरदैलो सेवा लिन चाहने व्यक्तिले सरकारलाई राजस्व तिर्नुपर्ने हुन्छ। जिल्ला हुलाक कार्यालयका प्रमुख जगतबहादुर घर्तीले पासपोर्टको फारम भर्ने वेलामा घरमा नै पासपोर्ट लिन चाहने व्यक्तिलाई हुलाक कार्यालयमा रहेको फारम भर्न लगाइने र हुलाक दस्तुर ५५ रुपैयाँ दस्तुर तिर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ ‘घरदैलोमा सेवा लिन चाहने इच्छुक व्यक्तिले प्रक्रिया पूरा गरेपछि घरमा राहदानी पुर्‍याउने व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासनसँग सम्झौता भएपछि आजसम्म कसैले घरदैलोमा सेवा लिन्छु भनेर आउनुभएको छैन ।’

cld

राहदानीलाई घरदैलोमा पुर्‍याउने जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयको बिचमा ३० वैशाख ०८३ मा सम्झौता भएको थियो भने मन्त्रिपरिषद्को पहिलो बैठकले १४ चैत ०८२ को निर्णयले पासपोर्ट, नागरिकता, लाइसेन्सलगायतका सेवाहरू घरमै पुर्‍याउने निर्णय गरेको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.