bardiyahospital

कजवे मर्मत नहुँदा गुलरियाका स्थानीयलाई सास्ती

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियाको गुलरिया नगरपालिकामा भत्किएको कजवे पुल मर्मत नहुँदा स्थानीयले सास्ती भोग्नुपरेको छ। गुलरिया नगरपालिका वडा नं ३ र ४ जोड्ने कजवे पुल समयमा मर्मतका लागि कसैले चासो देखाएका छैनन्।

गुलरिया नगरपालिकाको लगानीमा बनेको कजवे पुल अहिले जोखिमपूर्ण अवस्थामा छ। पुलको सरिया बाहिर निस्किएको छ। साइकल  मोटरसाइकल कार जिपजस्ता साना सवारी चलाउनसमेत समस्या भएको छ।

cld

गुलरिया नगरपालिका– ४, तुरन्तपुरका साइतु चौधरी गत वर्ष गाउँको सडक कालोपत्रे गर्दा माटो र ढुंगा बोकेको ट्रिपरले कजवे भत्किएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कजवे पुल भत्किएको विषयमा वडाध्यक्षलाई जानकारी छ। अध्यक्षले पनि पुल मर्मत गर्नका लागि बजेट व्यवस्थापन गर्ने भन्नुभएको छ।’

गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले भत्किएको कजवे मर्मतलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । उहाँले भन्नुभयो , ‘यसअघि कजवे भत्किएको बारेमा मलाई जानकारी थिएन। अब जानकारी प्राप्त भयो। छिटोभन्दा छिटो पुल मर्मतको काम गर्नेछु।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.