bardiyahospital

छ भनूँ कि छैन ?

Geruwa GIF

_डा. विजय ज्ञवाली

पानीमा तैरिएको बरफ,

cld

दियालोमा जलिरहेको धागो,

अनि हाम्रो प्रेम—

छ भनूँ कि छैन ?

 

 

नाङ्गिएको पहाडको सुन्दरता,

सुकेको नदीको किनार,

अनि हाम्रो प्रेम—

छ भनूँ कि छैन?

 

नलेखिएको कथा,

नकोरिएको चित्र,

अनि हाम्रो प्रेम—

छ भनूँ कि छैन?

 

अमूर्त भावना,

शान्त विपश्यना,

अनि हाम्रो प्रेम—

छ भनूँ कि छैन?

online dubble sclaed
Leave A Reply

Your email address will not be published.