bardiyahospital

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन : मन्त्रीले लिए शपथ

Geruwa GIF

कृष्णसार अनलाइन । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रजित थारू र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री कृष्णाकुश्मा थारूले पद तथा गोपनीयताको शपथ लिनु भएको हो । 

मंगलबार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर समक्ष  स्वास्थ्यमन्त्री पुन, आर्थिक मामिला तथा योजनामन्त्री थारू र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री  थारूले पद तथा गोपनीयताको  शपथ लिनु भएको हो ।

cld

 मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। मन्त्रिपरिषद् पुनर्गठनसँगै तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाई अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ। भने सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनु भएका  सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी  प्रदान गरिएको छ ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.