bardiyahospital

ड्युटीमा खटिएका प्रहरीलाई अभद्र व्यवहार गर्ने युवक पक्राउ

Geruwa GIF

कृष्णसार अनलाइन । ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार तथा हातपात गर्न खोजेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका, २ घर भई हाल काठमाडौं महानगरपालिका–३१ बस्ने २७ वर्षीय राज कठायत रहेका छन् ।

बानेश्वरबाट थापागाउँ जाने सडकखण्डस्थित आकाशे पुलमुनि ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार तथा हातपात गर्न खोजेको भिडियो सार्वजनिक भएपछि प्रहरीले कठायतलाई पक्राउ गरेको हो ।

cld

प्रहरीका अनुसार पैदलयात्री कठायतलाई सडकबाट बाटो नकाटी आकाशे पुल प्रयोग गर्न आग्रह गरिएको थियो । तर, कडायतले प्रहरीको आग्रह अटेर गर्दै प्रहरी कर्मचारीलाई गालीगलौज गर्नुका साथै हातपात गर्न खोजेको प्रहरीले जनाएको छ ।

कठायतविरुद्ध राष्ट्रसेवकलाई बाधा विरोध गर्ने तथा अभद्र व्यवहार गर्ने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद थप गरी घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरबाट अनुसन्धानभइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी दानबहादुर थापाले जानकारी दिनुभयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.