bardiyahospital

मन्त्रालयमा कृषिको सहुलियतपूर्ण कर्जाबारे समीक्षा 

Geruwa GIF

कृष्णसार अनलाइन । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सहुलियतपूर्ण कृषि कर्जा प्रवाहमा देखिएका समस्या तथा चुनौतीको समाधानको लागि सरोकारवाला बीच समीक्षा बैठक गर्नु भएको छ । 

बैठकमा मुलुकभर कृषि कर्जाको पहुँच र प्रभावकारिताको समीक्षा गरिएको थियो। सहुलियतपूर्ण कर्जा प्रवाहका क्रममा किसानले ब्यहोर्नुपरेको प्रक्रियागत जटिलता तथा वास्तविक लक्षित वर्गसम्म कर्जा पुर्‍याउन देखिएका बाधा अड्चनबारे बैठकमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

cld

 मन्त्री चौधरीले आगामी दिनमा कृषि कर्जा प्रक्रियालाई थप सरल, सहज र प्रभावकारी बनाउँदै वास्तविक किसानसम्म सहुलियतपूर्ण कर्जाको पहुँच पुर्‍याउन आवश्यक नीतिगत तथा व्यावहारिक सुधारका कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले वास्तविक किसानलाई सहज रूपमा कर्जाको पहुँच सुनिश्चित गरी कृषि क्षेत्रको व्यवसायिकरण र रूपान्तरणमा योगदान पुर्‍याउन मन्त्रालय निरन्तर प्रतिबद्ध रहेको बताउनु भयो।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.