
कृष्णसार अनलाइन । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा ८० पुल बगाएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा ८० पुल बगाएको हो ।
प्राधिकरणका अनुसार बाढीले ३५ पक्की पुल र ४५ वटा झोलुङ्गे पुल बगाएको छ । बाढीले पुल बगाएसँगै बाढी प्रभावित क्षेत्रमा आवतजावतको समेत समस्या देखिएको छ ।


