bardiyahospital

रसुवा बाढी : नेपाली सेनाले गर्‍यो हवाई उद्धार तथा घाइतेको उपचार 

Geruwa GIF

कृष्णसार अनलाइन । रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धार गर्ने क्रममा नेपाली सेनाले हेलिकप्टर मार्फत एक सय २५ जनाको उद्धार गरेको छ ।

 हालसम्म टिमुरे तथा मैलुङ क्षेत्रबाट २० विदेशी नागरिक सहित १२५ जनाको हवाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । उद्धार गरिएका तथा घाइतेहरूको उपचारका नेपाली सेनाका चिकित्सकहरूले आपतकालीन उपचार केन्द्रमा गरिरहनु भएको छ । हालसम्म ६४ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको नेपाली सेनाले जनाएको छ। 

cld

बाढी प्रभावित क्षेत्रमा समन्वयात्मक रूपमा घाइतेहरूको जमिन तथा हवाई उद्धार, आपतकालीन उपचार र राहत सामग्री वितरणको काम भइरहेको सेनाले जनाएको छ l

online dubble sclaed
Leave A Reply

Your email address will not be published.