bardiyahospital

बर्दियाबाट रसुवा गएका २७ जना सुरक्षित, अन्यको खोजी जारी

Geruwa GIF

कृष्णसार अनलाइन । रसुवामा आएको भीषण बाढीपछि कामको सिलसिलामा बर्दियाबाट रसुवा पुगेका २७ जना सुरक्षित रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा आउन नसकेका व्यक्तिहरूको अवस्थाबारे सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालयले सुरक्षित रहेका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । सुरक्षित रहेकाहरूमा कल्पना आर्चाय, प्रदिप हरकटवा, चन्द्रबहादुर थारू, राजकुमार थारू, वीरबहादुर थारू, हरिकिसन चौधरी, विपना थारू, नसिब कुमार थारू, निकुलाल चौधरी, कुलगिर थारू, रविलाल थारू, रिङबहादुर चौधरी, विशाल चौधरी, मानबहादुर चौधरी, सन्तोष बिक, हरि चौधरी, दीपक चौधरी, अञ्जु घर्ती, हरिराम थारू, बलबहादुर थारू, सुरेन्द्र चौधरी, नरबहादुर थारू, नन्दबहादुर बिक, अर्जुन कुमार बिक, धनीराम दहित, राजु थारू र प्रदिप चौधरी रहेका छन्।

cld

प्रशासनका अनुसार प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेकाले अन्य व्यक्तिहरूको अवस्था समेत क्रमशः यकिन हुँदै जानेछ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.