
प्रकाश पौडेल, गुलरिया । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गरी न्याय दिनुपर्ने माग गर्दै बर्दियामा पीडित परिवारले १६औँ अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाएका छन्। द्वन्द्वपीडित समिति, इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपाल पत्रकार महासंघ बर्दिया, बर्दिया जिल्ला अदालत बार एसोसिएसन, बर्दिया नागरिक समाज सञ्जाल, नेपाल रेडक्रस सोसाइटी बर्दिया शाखा, अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जाल लगायत सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा दिवस मनाइएको हो ।
तस्विर : – प्रकाश पौडेल










