bardiyahospital

रसुवा धादिङ बाढी : बर्दियाका एक सय ५६ जना सम्पर्कमा आए

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । रसुवा र धादिङमा आएको बाढीपछि कामको सिलसिलामा त्यहाँ पुगेका बर्दियाका दुई सय ३६ जनामध्ये एक सय ५६ जना सम्पर्कमा आएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बर्दियाबाट कामको सिलसिलामा रसुवा र धादिङ पुगेका व्यक्तिहरूको खोजी तथा उद्धारका गर्दा हालसम्म एक सय ५६ जना सम्पर्कमा आएका छन् ।

cld

बाढीमा परेर बाँसगढी नगरपालिकाका नन्दलाल घर्ती घाइते हुनुभएको छ । उहाँको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। त्यसैगरी बारबर्दिया नगरपालिकाका रामप्रसाद थारू पनि घाइते हुनुभएको छ । उहाँको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ।जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवम् जिल्ला विपद् व्यवस्थापन समितिका सम्पर्क व्यक्ति लोकप्रसाद ढकालले अझै ७८ जना सम्पर्कविहीन रहेको जानकारी दिनुभयो।

बाढीपछि आफन्तसँग सम्पर्क हुन नसकेपछि परिवारजनले आफ्ना नागरिकको अवस्था तत्काल पत्ता लगाई खोजी तथा उद्धारका लागि पहल गर्न प्रशासनसँग आग्रह गरेका छन्।

जिल्ला प्रशासन कार्यालय बर्दियाले सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको जनाएको छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.