bardiyahospital

अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन बेतबाँसका तालिम 

Geruwa GIF

दलबहादुर सुनार , बढैयाताल । बर्दियामा अपाङ्गता भएका व्यक्तिलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले बेतबाँसका सामग्री निर्माणसम्बन्धी तालिम सुरु गरिएको छ ।अपाङ्ग पुनर्स्थापना केन्द्रको आयोजनामा अपाङ्गता भएका व्यक्तिलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले बेतबाँसका सामग्री निर्माण सम्बन्धी तालिम सुरु गरिएको हो । 

आरआरएन र डीजीएम नेपालको आर्थिक सहयोगमा आजबाट तालिम सुरु भएको हो। तालिममा गुलरिया , बाँसगढी र बारबर्दिया नगरपालिकाका र बढैयाताल गाउँपालिकाका २० जना अपाङ्गता भएका महिला तथा पुरुष सहभागी रहेको केन्द्रका अध्यक्ष नेत्रप्रसाद सापकोटाले बताउनु भयो । ‘अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन बेतबाँसका सामग्री बनाउने तालिम दिन लागिएको हो,’ अध्यक्ष सापकोटाले भन्नुभयो, ‘सीप सिकेपछि सहभागीहरू स्वरोजगार तथा आत्मनिर्भर बन्ने अपेक्षा गरेका छौँ।’

cld

बढैयाताल गाउँपालिका, ७ का वडा अध्यक्ष राधेश्याम थारूले सीपमूलक तालिमले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउनु भयो । उहाँले सहभागीहरूलाई लगनशील भएर मेहनतका साथ सीप सिक्न आग्रह गरे।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.