bardiyahospital

करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। करेन्ट लागेर बाँसगढी नगरपालिका– ९ का ३० वर्षीय पुरन थारूको मृत्यु भएको हो ।

बिहीबार साँझ करिब साढे ८ बजे गुलरिया नगरपालिका– १२, भैसाहीको हुलाकी सडकखण्डमा लु।१ख ५७४७ नम्बरको ट्रकमा काठ लोड गरी नेपालगन्ज जाने क्रममा  बाटोमा पर्ने बिजुलीको तार पन्छाउन गएका थारूलाई तार  छोइँदा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

cld

करेन्ट लागेर घाइते भएका थारूलाई उपचारका लागि बर्दिया अस्पताल गुलरियामा लगिएको थियो। उपचारका क्रममा थारूको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.