bardiyahospital

भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन व्यक्तिको परिवारलाई स्थानीयको सहयोग

Geruwa GIF

कृष्णसार अनलाइन । भोटेकोशी नदीमा आएको बाढीपछि रसुवाबाट सम्पर्कविहीन भएका बर्दियाका दुईजनाको परिवारलाई स्थानीयहरूले सहयोग गरेका छन् । बाढीपछि रसुवाबाट सम्पर्कविहीन भएका राजापुर नगरपालिकाका दुई जनाको परिवारलाई स्थानीयले आर्थिक सहयोग गरेका हुन् ।

राजापुर नगरपालिका, ८ कोइलीका उदित दहित र राजदीप दहित मजदुरीका लागि रसुवा गएका थिए। भोटेकोशीमा आएको बाढीपछि उहाँहरू सम्पर्कविहीन भएका थिए । परिवारका सदस्यहरू उहाँहरूको खोजीका लागि विभिन्न स्थानमा पुगे पनि हालसम्म दुवैको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।

cld

सम्पर्कविहीन परिवारलाई सहयोग गर्न राजापुर नगरपालिका वडा नं। ८ को वडा कार्यालयको अगुवाइ तथा स्थानीय बरघरहरूको सक्रियतामा स्थानीय बासीहरूबाट १ लाख ३८ हजार ७५५ रुपैयाँ सङ्कलन गरिएको सङ्कलित रकम दुवै परिवारलाई वितरण गरिएको वडा अध्यक्ष राजेश थारूले बताउनु भयो। उहाँले भन्नुभयो, ‘स्थानीयहरूबाट प्राप्त सङ्कलित रकम दुवै परिवारलाई बराबर वितरण गरिएको छ । विपद्मा परेका परिवारलाई सहयोग गर्न स्थानीयले देखाएको सक्रियता जिल्लामा नै उदाहरणीय बनेको छ ।’

सहयोग रकमले सम्पर्कविहीन दुवै जनाको खोजी कार्यमा सहयोग पुग्नुका साथै परिवारको दैनिक घरखर्च चलाउन सहज हुने विश्वास लिइएको वडा अध्यक्ष थारूले जानकारी दिनुभयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.