
कृष्णसार अनलाइन । सडक दुर्घटना परेर ५ दिनमा एक हजार एक सय ६७ जना घाइते भएको छन् । नेपाल प्रहरीका अनुसार सडक दुर्घटनामा परेर ५ दिनमा एक हजार एक सय ६७ जना घाइते भएका हुन् ।
सडक दुर्घटनामा परेर कात्तिक ४ गते तीन सय १३ जनाको, ३ गते दुई सय ३८ जनाको, २ गते एक सय ६३ जनाको, १ गते एक सय ९६ जनाको र असोज ३१ गते दुई सय ५७ जना घाइते भएको प्रहरीले जनाएको हो ।व्यक्तिगत लापरवाही, कमसल सडक, तीब्र गति, ट्राफिक नियमको पालनाको अभाव लगायतका कारण पछिल्लो सय सडक दुर्घटनामा परेर घाइते र अपाङ्गता हुनेको सङ्ख्या बढ्दै गइरहेको छ ।



