bardiyahospital

बर्दियामा करिब २१ हजार ज्येष्ठ नागरिक भयो निःशुल्क स्वास्थ्य बिमा

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा करिब २१ हजार जना ज्येष्ठ नागरिकले स्वास्थ्य बिमाबाट निःशुल्क स्वास्थ्य उपचार पाइरहेका छन् ।स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालयको तथ्याङ्क अनुसार ७० वर्ष माथिका २० हजार ९०९ जना ज्येष्ठ नागरिकले स्वास्थ्य बिमाबाट निःशुल्क स्वास्थ्य उपचार पाइरहेका हुन् ।

स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय बर्दियाका प्रमुख डिकेन्द्र बहादुर बिष्टले हालसम्म २१ हजार ३९० जना ज्येष्ठ नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेको बताउनु भयो ।उहाँले भन्नुभयो, ‘ स्वास्थ्य बिमामा आबद्ध हुने ज्येष्ठ नागरिकको सङ्ख्या २१ हजार ३९० जना थियो । जसमध्ये ४ सय २१ जना ज्येष्ठ नागरिकको मृत्यु भएकोले हाल २० हजार ९०९ जना ज्येष्ठ नागरिकले स्वास्थ्य बिमाबाट निःशुल्क स्वास्थ्य उपचार सेवा लिइरहनु भएको छ ।’

cld

उहाँले ज्येष्ठ नागरिकले स्वास्थ्य बिमा निःशुल्क हुने र एकजना ज्येष्ठ नागरिकले एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सेवा निःशुल्क प्राप्त हुने बिष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ ज्येष्ठ नागरिकहरूले निःशुल्क स्वास्थ्य उपचार सेवा लिन उमेर खुल्ने कागजात  सहित दर्ता सहयोगीलाई जानकारी गराएका दर्ता सहयोगीले स्वास्थ्य बिमा गराइदिनु हुन्छ । ’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.