bardiyahospital

दसैँ बिदाले गर्दा सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

Geruwa GIF

कृष्णसार अनलाइन ।  दसैँ बिदाका कारण यस वर्षको पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको मिति परिवर्तन भएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुनेछ। यसअघि कार्यक्रम कात्तिक २ र ३ गते गर्ने तय गरिएको थियो।

cld

भिटामिन ‘ए’ ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई र १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ। विभागले निर्धारित मितिमा नजिकैको स्वास्थ्य केन्द्रमा आफ्ना बालबालिकालाई लगेर भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ। बालबालिकाको स्वास्थ्य र पोषण सुधार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको यो अभियानमा लक्षित उमेर समूहका सबै बालबालिकाको सहभागिता सुनिश्चित गर्न विभागले अनुरोध गरेको हो।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.